रेडक्रस हो संरक्षक - कविता - Nepal Red Cross Society

Latest

Monday, April 9, 2018

रेडक्रस हो संरक्षक - कविता

रातो रङ्ग गुराँसको हृदयमा राखी रहूँ लाग्दछ
रातै रङ्ग पलासको नयनमा टाँसी रहूँ लाग्दछ ।
रातो सुन्दर रम्य बेस गुलियो हो भन्छ रे गीतले
रातो नै रङ हुन्छ रे रगतको यै भन्छ रे प्रीतले ।।


हुन्छन् दुर्घटना प्रकोप कति यी कालो ठुलो तक्षक
हावी भैकन पस्छ सूक्ष्म तनले मानौँ भर्इ भक्षक ।
दैवी मार प्रकोपले प्रकृतिको बन्दा असंरक्षित
हो रे यी असहायको हरघडी रेड् क्रस् त संरक्षक ।।








- गिरिराज जोशी
छन्द: शार्दूलविक्रीडित
कविताको लागि हार्दिक धन्यवाद सहित ।

No comments:

Post a Comment