विश्व रक्तदाता दिवस २०७५ को अवसरमा युवा रेडक्रस सर्कल, एड्भान्स एकेडेमीद्वारा विद्यालयमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।
“Be there for someone else, Give blood Share life” भन्ने मूल नाराका साथ विश्वभर याे दिवस मनाइरहेको सन्दर्भमा रेडक्रस तथा रक्तदान अभियानलार्इ पुनर्बल प्रदान गर्ने उद्देश्यका साथै देश भरि रगत अापूर्तिमा कमि अाइरहेकाे कुरालार्इ मध्यनजर गर्दै यस कार्यक्रम अायाेजना गरिएकाे हाे ।
उक्त कार्यक्रममा विद्यादयका शिक्षक-शिक्षिका, अभिभावकहरू लगायत अन्य इच्छुक रक्तदाताहरूले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस साेसाइटी धादिङ जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा सञ्चालन गरिएकाे उक्त कार्यक्रमका सह-अायाेजक ने.रे.साे. निलकण्ठ उपशाखा, राेटरी क्लब अफ धादिङ, निलकण्ठ सामुदायिक रेडक्रस सर्कल, नेपाल हृदयराेग निवारण प्रतिष्ठान जिल्ला शाखा, धादिङ लगायत थिए भने मिडिया पार्टनर धादिङ पाेष्ट डट कम र रेडियाे निलकण्ठ ९८ दशमलव ५ मेगाहर्ज थिए ।
No comments:
Post a Comment