नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी श्री भागीरथ पाण्डे र नयाँ प्रहरी उपरिक्षक श्री डम्बर बी.क.लाई स्वागत तथा परिचय कार्यक्रम जिल्ला शाखाको हलमा आयोजना गरी सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमुख आतिथ्यता ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारीज्यूले स्वागत मन्तव्य राख्ने क्रममा सो स्वागत कार्यक्रम आयोजना गरेवापत नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाप्रति आभारी हुँदै जिल्ला रेडक्रसको अभियान तथा अागामी कार्यक्रमहरूमा आफ्नो तर्फबाट पनि आवश्यक साथ सहयोग प्रदान गरी सँगै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उक्त कार्यक्रममा धादिङ रेडक्रसका सभापति श्री सीताराम कोइराला, निवर्तमान सभापति श्री इश्वरी प्रसाद अधिकारी, सल्लाहकार तथा पूर्व सभापति श्री अमृत अधिकारी, सल्लाहकार श्री सीताराम प्रसाद वर्मा, उप-सभापति श्री नारायण तिमल्सिना, मन्त्री श्री कृष्ण कुमार श्रेष्ठ, कोषाध्यक्ष श्री दुर्लभ कुमार तामाङ लगायत अन्य जिल्ला कार्यसमितिका सदस्यहरू र शाखा तथा परियोजना तर्फका कर्मचारीहरू र स्वयम्सेवकहरूको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment